जेनजी आन्दोलनका शहीद परिवार संगठित भएकोमा एमाले अध्यक्ष ओलीको आपत्ती

बाहिरबाट पैसा ल्याएर कार्यालय खोलेको देखि छानबिन आयोगले कसैलाई फसाउन तालिमसम्म दिएको आरोप

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०८२, १० : १४
जेनजी आन्दोलनका शहीद परिवार संगठित भएकोमा एमाले अध्यक्ष ओलीको आपत्ती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनेजी विद्रोहका बेला शहीद भएका परिवारका सदस्यहरु संगठित भएकोमा असन्तुष्टि जनाएका छन् । ओलीले शहीद परिवारलाई संगठित गरेर बाहिरबाट पैसा ल्याउने र छानबिन आयोगका अध्यक्ष सहितका पदाधिकारीले तालिमै दिएर कसैलाई फसाउन रेडिमेट जवाफ दिन लगाउन थालेको गम्भिर आरोप लगाएका छन् ।

कान्तिपुर दैनिकलाई एक अन्तवार्ता दिँदै ओलीले त्यस्तो गम्भिर आरोप लगाएका हुन् । जेनजी विद्रोहका बेला कांग्रेसको साथ र समर्थनमा ओली प्रधानमन्त्री थिए । गत भदौं २३ को जेनजी विद्रोहमा नरसंहार मच्चाएको आक्रोशमा भोलिपल्ट भएको विध्वात्सात्मक घटनापछि ओली प्रधानमन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै सेनाको हेलिकप्टर चढेर भागेका थिए । 

उक्त घटना छानबिन गर्न सरकारले विशेष अदालतका पूर्व मुख्य न्यायाधीस गौरीवहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग बनाएका थिए । उक्त आयोगका पदाधिकारीले समेत शहीद परिवारलाई २७ वटा प्रश्न तयार पारेर त्यसका बारेमा तालिम दिई कसैलाई फसाउने गरी बयान दिन उक्साएको आरोप पनि ओलीको छ । 

ओलीले बाहिरबाट कोही कसैको योजनामा सहीद परिवारलाई संगठित गर्न कार्यालय नै खोलिएको र त्यही कार्यालयमा जाँचबुझ आयोग अध्यक्ष सहितका पदाधिकारी पुगेर तालिम दिएको आरोप लगाएका छन् । 

‘केही दिन अघि एउटा शहीद परिवारहरुको भनेर एउटा कार्यालय खोलिएको छ । सहिदका परिवारहरु त सन्तापमा हुन्छन्, पीडामा हुन्छन् । तर यहाँ शहीदका परिवारका नाउमा कार्यालय खोलियो । बाहिरबाट पैसा आएको छ । सरकारले दिएको भन्दा बाहिर गएर पनि पैसा बाँडिएको छ । बाँकी पैसा उहाँहरुले कार्यालय खोलेर सञ्चालन गरेर बस्नुभएको छ । त्यसलाई संगठित गर्ने कोही छ नी ।’ ओलीले अन्तवार्तामा भनेका छन्, ‘त्यस ठाँउमा अहिले बनाएइएको एउटा बोगस आयोगका अध्यक्ष लगायतका पदाधिकारी त्यो कार्यालय जानुभयो । दुई दिन अगाडी जानुभयो । २७ वटा प्रश्न लिएर त्यहाँ शहीदका परिवार जम्मा गरेर उहाँहरुलाई तालिम दिनुभयो । कुन प्रश्नको जवाफ कसरी दिने ? प्रहरीले नै गोली हानेको हामीले देख्या हो भन्ने बनाउने काम भएको छ । शहीद परिवार मैदानमा थिएनन, उनीहरु त घरघरमा थिए । अभिभावकहरु घरघरमा थिए । उनीहरुलाई यस्तो यस्तो बयान देउ, फलाना फलानाको आदेशमा यो भएको हो, उनीहरुलाई गिरफ्तार गरिपाउ, मुद्दा चलाईपाउ, थुनिपाउ, भनेर भन्न तालिम दिइएको छ । आयोगले तालिम दिन्छ ? बयान गर्नलाई तालिम दियो ।’

प्रतिक्रिया दिनुहोस