काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनबारे तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।
सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणा पत्र बुझाएका हुन् ।
आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनको अवधारणा पत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका छन् ।
पोखरेलको अगुवाइमा बनेको अवधारणा पत्र सार्वजनिक पनि गरिने उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।
उनका अनुसार महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पोखरेल समूहले उक्त अवधारणा पत्र आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ ।
पोखरेलले तयार पारेको उक्त अवधारणा पत्र नेतृत्व परिवर्तनको निष्कर्षसहितको दस्तावेज भएको उपाध्यक्ष पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह