काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्ले दिन आइतबार एमालेको झलनाथ खनाल माधव कुमार नेपाल समूह आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुगेको छ ।
ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय समितिमा मनोनयनलगायतका सबै खनाल समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार छिनोफानो गरिदिन आयोगलाई निवेदन दिएको हो ।
निर्वाचन आयोगलाई सम्बोधन गर्दै पठाइएको दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीको निर्णयको आधिकारकतासम्बन्धी निवेदनमा पार्टीमा गम्भीर विवाद सिर्जना भएको उल्लेख गर्दै यसमा निर्णय गर्नुपर्ने आवश्यकता औंल्याइएकोछ ।
सके एमाले आफ्नो बनाउने, नसके वैधानिक रुपमा छुट्टिने खनाल नेपाल समूहको तयारी रहेको छ । यस्तै खनाल नेपाल समूहले बहुमत पदाधिकारी आफ्नो पक्षमा रहेकाले पार्टी सञ्चालनको अधकारिकता आफूमा रहेको दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०६ बैशाख २०७८, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग