काठमाडौं । नेप्से परिसूचक नयाँ वर्षको पहिलो कारोबारमा दिनमा २०.६७ अंकले बढ्दै अहिलेसम्मकै उचाइ कायम गरेको छ । आज शेयर ०.७६ प्रतिशतले बढ्दै २७३५.४६ विन्दुमा रोकिएको छ । नेप्सेले आजसम्मको आफ्नो ब्रेकलाई तोडेको हो ।
आज १ करोड ९० लाख २० हजार ५२८ कित्ताको किनबेचमा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज पाँच ओटा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यसैगरी सबैभन्दा बढी वेष्ट फाइनान्स कम्पनीले १० प्रतिशत कमाएको छ । यसैगरी आज एनआईसी एसिया लघुवित्तको कारोबार सबैभन्दा धेरै भएको छ ।
एनआईसी एसियाको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी नेपाल इन्फ्रास्ट्रकचर कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, एनआइसीए बैंकको कारोबार ३२ करोड रुपैयाँ बराबर भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ बैशाख २०७८, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७१ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार
नेप्से परिसूचक २६ अंकले घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार