आलोचना गर्नेलाई हर्क साम्पाङको जवाफ: 'हामी क्युआर पार्टी नै हौं'

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०८३, १३ : ४३
आलोचना गर्नेलाई हर्क साम्पाङको जवाफ: 'हामी क्युआर पार्टी नै हौं'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीलाई क्यूआर पार्टी भनेर आलोचना गर्नेलाई जवाफ फर्काएका छन्।

दार्चुलामा झोलुङ्गे पुलको उद्घाटन गरेर काठमाडौं फर्किएका साम्पाङले आफूहरूले उठाएको पैसा एक रुपैयाँ पनि दुरुपयोग नभएको बताए।

उनले लोकतन्त्रमा कसैको मुख थुन्न नहुने भन्दै आफूहरूको अभियान जारी रहने बताए। उनले आफूहरूले उठाएको सहयोगको सबै हिसाब पारदर्शी भएको जिकिर गरे।

क्यूआर पार्टी भन्नेहरूलाई उनले जवाफ दिए, ‘त्यो भन्ने मान्छेले पनि सहयोग गरेको देखाओस् न। हावामा एक रुपैयाँ सहयोग गरेको छैन त्यसै भनेर हुन्छ। अब भन्दा सहयोग गरेको स्क्रिनसट राखेर देखाओस् न।’

उनले विरोध गर्ने अधिकार लोकतन्त्रमा सबैलाई हुने भएपनि प्रमाणसहित गर्नुपर्ने बताए। कसैले बिना प्रमाण आरोप लगाउन नमिल्ने उनको उनको भनाइ छ।

यस्तै, बालेन शाह नेतृत्वको सरकारले १०० दिन केही गर्ने कोसिस गरेपनि अझै नसकेको टिप्पणी गरे। संविधान संशोधन जनताको हितमा र देशको आवश्यकता अनुसार उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस