सञ्चार मन्त्री र अष्ट्रेलियाका राजदूतबीच विकास साझेदारी तथा डिजिटल रूपान्तरणमा सहकार्यबारे छलफल

सफल खबर संवाददाता

बुधबार, १७ असार २०८३, २० : २५
सञ्चार मन्त्री र अष्ट्रेलियाका राजदूतबीच विकास साझेदारी तथा डिजिटल रूपान्तरणमा सहकार्यबारे छलफल

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ। 

मन्त्रालयमा भएको भेटमा नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा आपसी सहकार्यका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा सञ्चार क्षेत्रको सुदृढीकरण, डिजिटल रूपान्तरण, संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने विषयमा विशेष छलफल भएको थियो।

मन्त्री तिमिल्सिनाले नेपाललाई अस्ट्रेलियाले निरन्तर उपलब्ध गराउँदै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे। साथै, अस्ट्रेलियामा अध्ययनका लागि नेपाली विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनुका साथै यसको दायरा विस्तार गरी थप विद्यार्थीलाई अवसर उपलब्ध गराउन आग्रह  गरे।

 

प्रतिक्रिया दिनुहोस