काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताएका छन् ।
नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गर्दै उनले त्यो भत्ता दिनको एक सयमा पुगेको बताए । करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उनले बताए ।
नेपालमा हिंसाको राजनीति अवलम्बन गर्ने कुनै समूह नभएको प्रधानमन्त्री ओलीको दावी थियो । उनले सरकारले जनतामा आशा जगाउने कामहरु गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भन्दै जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट किञ्चित् विचलित नभएको बताए । प्रतिकुल समयमा पनि जनताले आशा लाग्दो कामहरु गरेको उनको भनाइ थियो । ‘जनतामा आशा जगाउने काम गरेका छौँ । सरकारका क्रियाकलापप्रति विश्वास दिलाउने काम गरेका छौँ,’ उनको भनाइ छ ।
प्रम ओलीले दिनमा साढे पाँच किलोमिटर बाटो बनाएको दाबी गर्दै एक दिनमा कम्तिमा १२ वटा दरले आवासहरू पनि निर्माण गरेका बताए । हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काउन सरकार सफल भएको पनि उनको जिकिर थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ बैशाख २०७८, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली