काठमाडौँ । नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतोलाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि जलेश्वर कारागार पठाइएको छ।
महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उपस्थित गराइएको थियो। त्यसपछि अदालतको आदेश कार्यान्वयन गर्दै उनलाई कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी पञ्चलाल गोलेले जानकारी दिए।
सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले यसअघि महतोलाई सफाइ दिएको थियो। तर दोस्रो मधेश आन्दोलनका क्रममा भएको उक्त घटनासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरले बुधबार उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
उच्च अदालतको फैसला सार्वजनिक भएपछि प्रहरीले महतोलाई गौशालाबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असार २०८३, १५ : २७
लेखकबाट थप