काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको दोस्रो लहर फेरि सुरु भएको हुनाले सबैले सावधानी अपनाउनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सावधानी नअपनाए फेरि लकडाउन हुनसक्ने बताए ।
‘समयमै सचेतना अपनाऔँ, पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, संक्रमणको गति जसरी पनि रोक्नुपर्छ’ उनले भने । उनले निजी क्षेत्रसँग सरकार सहकार्य गर्न भने सधै तयार रहेको बताए । व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको भन्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए ।
मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गरे । उनले भने, ‘सरकार व्यवसायी, रोजगारदाता र मजदूरहरुबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ चैत्र २०७७, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली