काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आफ्नो कार्यकालको पहिलो १०० दिनमा मन्त्रालयबाट भएका नीतिगत तथा कानुनी प्रगतिका विवरण सार्वजनिक गरेकी छन्।
चैत १३ गतेदेखि हालसम्म मन्त्रालयले सम्पादन गरेका कार्यको विवरणअनुसार नयाँ कानुन निर्माणका लागि १० वटा विधेयकमा सैद्धान्तिक सहमति प्रदान गरिएको छ भने १४ वटा विधेयक तर्जुमाका लागि स्वीकृति दिइएको छ।
त्यसैगरी, आठ वटा अध्यादेश तर्जुमाको सहमति, २४ वटा नियमावली र नौ वटा गठन आदेशको तयारीका लागि आवश्यक स्वीकृति प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौतासम्बन्धी कार्यअन्तर्गत पाँच वटा सम्झौतामा कानुनी राय उपलब्ध गराइएको छ भने ३२ वटा सन्धि तथा सम्झौताका विषयमा कानुनी परामर्श प्रदान गरिएको विवरणमा उल्लेख छ।
संक्रमणकालीन न्यायका क्षेत्रमा नियमावलीको मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पठाइएको तथा पीडित र उजुरीकर्ताको विवरण व्यवस्थित गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असार २०८३, १९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन मन्त्री गौतम र इजरायली राजदूत बासबिच शिष्टाचार भेट
कानुन मन्त्री गौतम र कोरियाली राजदूतबीच शिष्टाचार भेट, न्याय प्रणाली सुधार र डिजिटल सहकार्यमा जोड