विदेशबाट एकैदिन १५ नेपालीको शव

पत्रपत्रिकाबाट

मंगलबार, २४ चैत्र २०७७, ०८ : ३३
विदेशबाट एकैदिन १५ नेपालीको शव

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा  ज्यान गुुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ । आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

Yeti Diistillery Tansen Cement box

बोर्डका अनुुसार आइतबार त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्लमा   आइपुुगेका   १५   वटा   शवमध्ये मलेसियाबाट  १२  वटा,  साउदी  अरबबाट  दुुईवटा र कतारबाट एकवटा शव एकैपटक  ल्याइएको हो। यसअघि  गत  माघमा    मलेसियाबाट  १८  वटा शव  नेपाल  एयरलाइन्सबाट  ल्याइएको  थियो ।  

त्यसो त  चालू  आर्थिक  वर्ष  २०७७÷०७८  को  पहिलो  नौ महिनामा  मलेसियाबाट  मात्रै  २१९  वटा  शव  आएको बोर्डले जनाएको छ। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस