नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ।
दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए।
उनले माओवादी केन्द्रले पठाएको स्पष्टीकरणको समेत जवाफ दिएका थिएनन्।
‘दल त्याग गरेको विषयमा स्पष्टीकरण सोधेको थियो, उहाँले त्यसको जवाफ पनि दिनुभएन्,’ संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘पार्टी केन्द्रले पठाएको कारबाहीको पत्र शुक्रबार प्रदेशसभामा बुझाएका छौं।’
उनले एमालेको केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिवको पद स्वीकार गरेर काम गरिरहेकाले संसद पदबाट मुक्त गर्न पत्राचार गरिएको बताइन्। नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ चैत्र २०७७, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन