राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले टुटफुट हुन लागेको भन्दै त्यस्तो हुन नदिन पहल थालेकी छन्।
यसैक्रममा उनी शनिबार एमाले वरिष्ठ नेता झलनाथ खनाल निवास पुगिन्। उनले खनालसँग आफूले एमाले एकताबद्ध भएर अघि बढेको देख्न चाहेको बताइन्। खनाल निवास डल्लुमा छ।
राष्ट्रपति भण्डारीले खनालसँगको भेटमा एमाले र कम्युनिस्ट आन्दोलन एकताबद्ध भएर अघि बढेको हेर्न चाहेको बताइन्। उनले एमाले विभाजन हुन नदिनेगरी पहलकदमी सुरु गर्नसमेत खनाललाई अनुरोध गरिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरू माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि फुटको सँघारमा उभिएको एमाले बचाउन राष्ट्रपतिले पहलकदमी थालेकी हुन्। राष्ट्रपति भण्डारी र नेता खनालबीच ४८ मिनेट कुराकानी भएको थियो।
राष्ट्रपति भण्डारी इतिहासविद् डा.महेशराज पन्तले डल्लुस्थित आफ्नै निवासमा स्थापना गरेको पुस्तकालय हेर्न दिउँसो डल्लु गएकी थिइन्।
त्यहाँबाट उनी खनाल निवास गएकी हुन्। राष्ट्रपति भण्डारीका साथमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि थिए। राष्ट्रपति भण्डारीले विभाजनको सँघारमा रहेको एमालेबारे खनालसँग चासो राखेकी थिइन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ चैत्र २०७७, ०६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
एमालेको ‘सहकार्य’ प्रस्ताव प्रचण्डद्दारा निरन्तर अश्वीकार
बीबीसी डकुमेन्ट्रीप्रति एमाले महासचिव पोखरेलको प्रतिक्रिया : भूराजनीतिक चलखेलको संकेत
एमाले पूर्वसांसद जानकी देवी नेकपा प्रवेश
एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै
एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश