काठमाडौं । काठमाडौँ लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियान्ताहरुले वातावरण तथा स्वस्थ्य संकटकाल लागू गर्न माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन् । देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य संकटमा रहेको बेला सरकार बसेको भन्दै उनीहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् ।
प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्दै ९–१० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्जमा राखिएको प्रहरीको भनाइ छ ।
देशका विभिन्न भागमा लागेको डढेलोका साथै प्रदूषणले देशभरको वायुको गुणस्तरमा ह्रास आएको छ । केही दिनअघि काठमाडौँ वायु प्रदूषणको मामिलामा विश्वकै सबैभन्दा प्रदूषित शहरसमेत बनेको थियो । विज्ञहरुले काठमाडौँको वायु जनस्वास्थ्यका लागि घातक बनेको बताइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० चैत्र २०७७, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानका विभिन्न शहरमा उग्र प्रदर्शन
मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहद्वार आज पनि प्रदर्शन
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप