७ विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविमा डा. भोला थापा

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०८३, १९ : ४२
७ विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविमा डा. भोला थापा

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयहरूमा उपकुलपति नियुक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा प्रा.डा. भोला थापालाई नियुक्त गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसानदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभले नियुक्ति पाएका छन् ।

यस्तै पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका हुन् ।

उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रवार नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस