काठमाडौँ । डिम्याट खाता खोल्नेको सङ्ख्या ३३ लाख नजिक पुुगेको छ।
पछिल्लो समय निरन्तर सुधारतर्फ लागिरहेको सेयर बजार र सार्वजनिक सेयर निष्कासन (आईपीओ)मा सर्वसाधारणको आकर्षणले डिम्याट खोल्नेको सङ्ख्या बढिरहेको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबारसम्म ३२ लाख ११ हजार ४१६ पुुगेको छ। उक्त लिमिटेडमा अनुसार झन्डै ३३ लाख डिम्याट खातामा छ अर्ब २६ करोड १८ लाख ३८ हजार ६०३ कित्ता सेयर रहेको छ।
फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन्। माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिए। सर्वसाधारणका लागि पछिल्लो समयमा हात खाली नहुने र ठूलो सङ्ख्यामा सेयर पर्नेगरी आईपीओ खुलाइएको नेपाल रिइन्स्योन्स कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्ले आईपीओतर्फको आकर्षण बढाएका छन्।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार मेरो सेयर प्रयोगकर्ताको सङ्ख्या पनि २२ लाख १३ हजार ८०६ पुगेको छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०३ चैत्र २०७७, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट