एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा गरेको निर्णय अमान्य र अस्वीकार्य भएको विश्लेषण गर्दै वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ रणनीति तय गर्न एक साताभित्रै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।
ओली समूहले शुक्रबार बोलाएको केन्द्रीय समितिको बैठकले गरेका निर्णयको सशक्त प्रतिवाद गर्ने हिसाबले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।
ओली समूहले अर्को केन्द्रीय कमिटीको बैठक बोलाएको दिनको ठीक तीन दिनअघि नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि एमालेभित्रको अन्तरसंघर्ष चरम बिन्दुमा पुग्ने देखिएको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०१ चैत्र २०७७, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह