खोटाङ । खोटाङ फुटबल एकेडेमीले ‘दोस्रो जिल्ला अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता’ सञ्चालन गर्ने भएको छ । ‘स्थानीय खेलाडीको विकास र पहिचान खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ आगामी चैत ४ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको हो ।
दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन गरिने प्रतियोगितामा जिल्ला खेलकूद विकास समितिमा क्लब दर्ता भएको, क्लबको प्रमाणपत्र, वार्षिक नवीकरण गरेको प्रमाणपत्र भएको, जिल्लाका आधिकारिक क्लब गरी १६ टोलीले सहभागिता जनाउने जनाइएको छ ।
पहिले दर्ता हुन आउने क्लबलाई प्राथमिकता दिइने र १६ समूहभन्दा बढी भएमा जिल्लाकै आधिकारिक समूह भए पनि उक्त प्रतियोगितामा सहभागी गराउन नसकिने एकेडेमीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागिताका लागि चैत १ गतेभित्र आ–आफ्नो समूह दर्ता गराइसक्नुपर्ने आयोजक एकेडेमीका अध्यक्ष नुरकाजी सैँजूले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समूहले रु ८८ हजार ८८८, दोस्रो हुनेले रु ४४ हजार ४४४ र सेमिफाइनलिस्ट दुई समूहले प्रतिसमूह रु २२ हजार २२२ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । विद्यागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही रु पाँच हजार नगद ट्रफी तथा मेडल प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई रु सात हजार नगदका साथमा ट्रफी, मेडल, प्रमाणपत्र र ‘म्यान अफ दी म्याच’लाई नगद रु एक हजारका साथमा मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ फागुन २०७७, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु
फुटबलर विमल घर्ती मगर बाँधिए वैवाहिक बन्धनमा
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने
महिला फुटबल टोली आज बंगलादेश जाने