काठमाडौं । एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल तथा झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही ‘सफ्ट’ देखिएपनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ ।
सोहीअनुसार बुधबार राजधानीमा बसेको नेपाल पक्षीय भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका ओलीकै हुने भन्दै त्यसको पहलकदमी उनैले लिनुपर्ने आवश्यकता औंल्याएको खबर राजधानी दैनिकमा छापिएको छ ।
तर नेपाल पक्षले गुटगत भेला जारी गरेको भन्दै ओली पक्ष रुष्ट छ । राजधानी दैनिक लेख्छ–एमालेलाई शक्तिशाली बनाउन सबै एकमत भएपनि ओली पक्ष नेपालसँग अझै सशंकित नै रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ फागुन २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली
२७ गते सल्लाघारीमा सहभागी हुन केपी ओलीले पठाए पत्र