काठमाडौं । एमाले ब्युँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिएपनि सबैलाई समन्वय गरेर अघि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ ।
ओली तत्कालीन एकीकृत नेकपाको संसदीय दल र केन्द्रीय कमिटीमा प्रचण्ड र माधवकुमार नेपाल मिल्दा अल्पमतमा रहेका थिए । तर, एमाले र माओवादी छुट्टाछुट्टै भएपछि ओली पार्टी केन्द्रीय कमिटी र संसदीय दलमा बहुमतमा छन् ।
तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा भने उनलाई अन्य दलसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बाध्यता रहेको छ । एमालेसँग स्पष्ट बहुमत नभएकाले प्रधानमन्त्री ओलीले संसदमा रहेका काँग्रेस, जसपा वा माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्ने बाध्यता रहेको हो । राजधानी दैनिकमा खबर छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्नुपर्ने दबाबमा एमाले
एमालेका पूर्व सांसद वासुदेव घिमिरेले छाडे पार्टी
एमाले बैठकले ओलीलाई दियो समानुपातिकको बन्द सूची टुंग्याउने जिम्मा
एमाले सचिवालय बैठकको समय सर्यो
एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवार र कार्यविभाजनबारे छलफल
एमालेले बोलायो सचिवालय बैठक