काठमाडौं । एमाले ब्युँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिएपनि सबैलाई समन्वय गरेर अघि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ ।
ओली तत्कालीन एकीकृत नेकपाको संसदीय दल र केन्द्रीय कमिटीमा प्रचण्ड र माधवकुमार नेपाल मिल्दा अल्पमतमा रहेका थिए । तर, एमाले र माओवादी छुट्टाछुट्टै भएपछि ओली पार्टी केन्द्रीय कमिटी र संसदीय दलमा बहुमतमा छन् ।
तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा भने उनलाई अन्य दलसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बाध्यता रहेको छ । एमालेसँग स्पष्ट बहुमत नभएकाले प्रधानमन्त्री ओलीले संसदमा रहेका काँग्रेस, जसपा वा माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्ने बाध्यता रहेको हो । राजधानी दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग