हेलिकप्टरमा नआउने भए विप्लव, गाडीमै काठमाडौँ आउँदै

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १९ : ०९
हेलिकप्टरमा नआउने भए विप्लव, गाडीमै काठमाडौँ आउँदै

काठमाडौं । नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लव हेलिकोप्टर चढेर काठमाडौँ नआउने भएका छन् । स्रोतका अनुसार उनी हेलिकप्टर चढ्न नमानेका हुन् । सरकारी निजी हेलिकोप्टर स्टान्डबाई राखे पनि उनी गाडीमै काठमाडौँ आउने स्रोतले जनाएको छ । 

Yeti Diistillery Tansen Cement box

उनी काठमाडौं बाहिर कुन ठाउँमा छन् भन्ने अझै खुलाइएको छैन । शुक्रबार हुने कार्यक्रमको सम्बोधनका लागि राति नै विप्लव काठमाडौँ आउने स्रोतको भनाइ छ ।  

हेलिकोप्टरमा चढ्दा राम्रो सन्देश नजाने भएकाले पार्टीले व्यवस्था गरेको गाडीमै विप्लव काठमाडौं आउँदै गरेको  ती नेताले जानकारी दिए ।

उनी राति अबेरसम्म काठमाडौं आइपुग्ने र भोलि प्रधानमन्त्री केपी ओली र उनले एकसाथ काठमाडौँमा हुने कार्यक्रममा संवोधन गर्ने भएका छन् । 

प्रतिक्रिया दिनुहोस