डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका २३ मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइने भएको छ । दुर्गम भूगोल र सडक पहुँच नहुँदा मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न हेलिकप्टर प्रयोग गर्न लागिएको हो ।
ती मतदान केन्द्रबाट संकलित मतपेटिका सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । मतपेटिका ओसारपसारका लागि हेलिकप्टर जिल्लामा आइपुगेको र शुक्रबार बिहानदेखि मतपेटिका ढुवानी कार्य सुरु गरिने प्रशासनले जानकारी दिएको छ ।
माथिल्लो डोल्पाका मतदान केन्द्रहरू अत्यन्त दुर्गम र उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले सडक मार्गबाट मतपेटिका ल्याउन सम्भव नभएकाले हवाई माध्यम प्रयोग गर्न लागिएको प्रशासनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तरी गोरखाका सबै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो
हेलिकप्टरबाट गणना स्थल ल्याइयो उत्तरी गोरखाको मतपेटिका
उदयपुरमा प्रहरीकै हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति
१५ जिल्लाका ६१ स्थानको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने