एजेन्सी । कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मुत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्।
कतारको रक्षा मन्त्रालयका अनुसार नियमित काममा क्रममा सात जना सवार सैन्य हेलिकप्टर आइतबार बिहान ‘प्राविधिक गडबडीका कारण’ देशको समुद्री क्षेत्रमा दुर्घटना भएको थियो।
कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोजीका क्रममा सात जनामध्ये छ जना मृत फेला परेका छन्।’
मन्त्रालयका अनुसार कतारी सशस्त्र सेनाका सदस्यसमेत रहेका क्याप्टेन (पाइलट) सइद नासेर समेख भने बेपत्ता रहेकाले खोजी जारी छ।
अमेरिका-इजरायल र इरान युद्ध तथा मध्यपूर्वमा द्वन्द्व भइरहेका बेला भएको कतारको सैन्य हेलिकप्टर दुर्घटना यससँग सम्बन्धित छ कि छैन भन्ने कुरा अहिलेसम्म खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०९ चैत्र २०८२, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
रूसमा हेलिकप्टर खस्दा ५ जनाको मृत्यु
कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलो पटक नेपाल भित्रियो हेलिकप्टर
भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु