सिराहा। सिराहामा मोटरसाइकलको डिकीमा लुकाइ भारतीय नोट अवैध रुपमा ल्याएको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी २ लाख ५० हजार भारतीय रुपैयाँको नोटसहित भारतको सहरसा ग्राम किसनपुर पञ्चायत-२ का ६० वर्षीय चतुरी यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाइ राखेको भारतीय रुपैयाँको नोट फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बरामद भारतीय रुपैयाँसहित यादवलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिरहा मार्डरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ फागुन २०७७, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ