सिराहा। सिराहामा मोटरसाइकलको डिकीमा लुकाइ भारतीय नोट अवैध रुपमा ल्याएको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी २ लाख ५० हजार भारतीय रुपैयाँको नोटसहित भारतको सहरसा ग्राम किसनपुर पञ्चायत-२ का ६० वर्षीय चतुरी यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाइ राखेको भारतीय रुपैयाँको नोट फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बरामद भारतीय रुपैयाँसहित यादवलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिरहा मार्डरमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ फागुन २०७७, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ