काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । प्रि ओपनिङमा ३ अंकले बढेको नेप्से तिब्र गिरावटकाबीच ३.१२ प्रतिशत अर्थात ७९.७४ अंकले घटेर बन्द हुन पुग्यो । यो सँगै नेप्से परिसूचक २४ सय ७४.३९ अंकमा झरेको छ । आइतबार होटल तथा पर्यटनबाहेकका सबै उपसमूह राताम्मे रहृयो ।
दोस्रो बजारमा २०७ कम्पनीका एक करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ९६ हजार १५१ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम भने ८ अर्ब ३५ करोड ५२ लाख भन्दा बढी रहृयो ।
आइतबारको बजारमा चन्द्रागिरी हिल्स, सिटिजन्स म्युचल फण्ड, शिखर इन्स्योरेन्स र एनआइसी एसिया डिबेन्चरका लागानीकर्ताले घट्दो बजारमा पनि कमाई गरे भने २५ कम्पनीको सेयर मूल्य ५ प्रतिशत तथा त्यो भन्दा धेरैले घट्न पुग्यो ।
गणपति माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धैरे ७ प्रतिशतले घट्दा दोस्रो धेरै गिरावट नेपाल फाइन्यन्स कम्पनीमा देखियो, उक्त कम्पनीको सेयर मूल्य ६.७४ ले घटेको थियो ।
यस्तै नेपाल पूर्वाधार विकास कम्पनीको सेयर मूल्य ६.४४ प्रतिशतले घटेर तेस्रो धेरै गुमाउने कम्पनी बनेको थियो भने अपी पावर कम्पनीको सेयर मूल्य पनि ६.११ प्रतिशतले घट्न पुग्यो ।
आइतबार जीवन बीमा उपसमूह सबैभन्दा धेरै ६२४.८,उत्पादन उपसमूह १९८.२, बैंकिङ उपसमुह ३५४.५७, र निर्जीवन बीमा उपसमूह १७८.१ अंकले घट्यो । लघुवित्त १४१.२९, व्यापार ११.२२, विकास बैंक ७५.५१, अन्य उपसमूह ८१.३५, जलविद्युत समुह ६७.१५ र फाइनान्स उपसमूह २९.७४ अंकले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ फागुन २०७७, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट
२२ अंकमा खुम्चियो सेयर बजार