काठमाडौँ । प्रहरीले १ करोड ७१ लाख राजस्व हिनामिना गरेको आरोपमा जिल्ला मालपोत कार्यालय भरतपुरका तत्कालीन अधिकृत रिठ्ठे दमाई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुनसन्धान ब्युरो (सीआईबी) ले ५९ वर्षीय दमाईलाई काठमाडौंको कागेश्वरी नगरपालिकाबाट बुधबार पक्राउ गरेको हो ।
सीआईबीका डीआईजी सहकुलबहादुर थापाका अनुसार चितवनका तत्कालीन मालपोत अधिकृत दमाईमाथि आर्थिक वर्ष २०७४ र ७५ र ०७५ र ७६मा भूमि प्रशासन सम्बन्धि सरकारी खातामा दाखिला हुनुपर्ने १ करोड ७१ लाख रुपैयाँ किर्ते छाप तथा दस्ताखत र नक्कली बिल भरपाई गरेर लगेको आरोप छ ।
अनुसन्धानका क्रममा विभिन्न ११ वटा नक्कली बिल भरपाई बनाएको उनीमाथि आरोप लागेको छ । उनीविरुद्धको कसुरमा थप अनुसन्धान जारी राखिएको डीआईजी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ फागुन २०७७, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ