चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता एवं प्रतिनिधि सभ सदस्य सुरेन्द्र पाण्डेले प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिहरुको प्रयासले प्रतिगमन पराजित भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि चितवनले बुधबार भरतपुरमा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले भने, “नेपालको न्यायपूर्ण आन्दोलनलाई बचाउनु भयो । न्यायमूर्तिहरुलाई सलाम छ ।”
पूर्वअर्थमन्त्री पाण्डेले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै भने, “ओलीजी तपाइँले संसदलाई निमोठ्नु भएको थियो । तपाइँमा नैतिकता छ भने तुरुन्तै राजीनामा दिनुहोस् । अब ओलीका दिन गए ।”
चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको उनको भनाइ थियो । हाम्रो चितवन, राम्रो चितवन, सभ्य चितवन भव्य चितवन बनाइने उनले उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ फागुन २०७७, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'८३ प्रतिशत मध्यम वर्गलाई समेट्न नसक्ने राजनीति अब सफल हुँदैन’: सुरेन्द्र पाण्डे
नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला होईन : सुरेन्द्र पाण्डे
सीमित व्यक्तिको स्वार्थपूर्तिका फेरि वाम एकता ? : सुरेन्द्र पाण्डे
एमाले उपाध्यक्ष बादलमाथि सुरेन्द्र पाण्डेको कटाक्ष: 'षड्यन्त्रको कथा बुनेर आफ्नो कमजोरी नलुकाऔँ'
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे
एमालेको कार्यशैली जनताले अस्वीकार गरिसके: सुरेन्द्र पाण्डे