चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता एवं प्रतिनिधि सभ सदस्य सुरेन्द्र पाण्डेले प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिहरुको प्रयासले प्रतिगमन पराजित भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि चितवनले बुधबार भरतपुरमा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले भने, “नेपालको न्यायपूर्ण आन्दोलनलाई बचाउनु भयो । न्यायमूर्तिहरुलाई सलाम छ ।”
पूर्वअर्थमन्त्री पाण्डेले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै भने, “ओलीजी तपाइँले संसदलाई निमोठ्नु भएको थियो । तपाइँमा नैतिकता छ भने तुरुन्तै राजीनामा दिनुहोस् । अब ओलीका दिन गए ।”
चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको उनको भनाइ थियो । हाम्रो चितवन, राम्रो चितवन, सभ्य चितवन भव्य चितवन बनाइने उनले उद्घोष गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ फागुन २०७७, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरेन्द्र पाण्डेले महासचिव पदमा गराए उम्मेदवारी दर्ता
कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्नुपर्नेमा सुरेन्द्र पाण्डेको जोड
एमालेमा हाम्रो नेतृत्व आएपछि कम्युनिष्ट एकता अघि बढाउँछौँ: सुरेन्द्र पाण्डे
विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा फरक मत राख्छौँ: सुरेन्द्र पाण्डे