काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गरेको छ । प्रतिनिधिसभा विघटन, महँगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोलनअन्तर्गत मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा मानव साङ्लो बनाएर विरोध गरेको हो । मानव साङलोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए ।
मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौ रोक्छौ,बढ्दो महंगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ जस्ता नारा लगाएका थिए भने त्यस्ता कुरा लेखिएका पम्प्लेटहरु शरीरमा टाँसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ फागुन २०७७, १८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा