काठमाडौं ।बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स बढ्दा समग्रमा नेप्से परिसूचक ९/९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ ।
मंगलबार बैंकमै लगानीकर्ताहरुको धेरै आकर्षण देखिएको थियो । अधिकांश कम्पनीहरुको सेयर मूल्य घट्दा पनि मंगलबार बैंकिङ र विकास समूह बढेको थियो । बुधबार पनि यो क्रम जारी नै रहेको छ । यद्यपि, बुधबार भने बढ्ने समूहमा व्यापार पनि थपिएको छ ।
व्यापार समूहको सवइन्डेक्स २/०२ प्रतिशतले वृद्धि भएको छ । यो नै आजको सबैभन्दा धेरै बढ्ने समूह हो । यसका अलवा अन्य समूहमा रहेका कम्पनीहरु र म्युचुअल फण्डको समेत सवइन्डेक्स उकालो लागेको छ ।
होटल, हाइड्रोपावर, फाइनान्स, बिमा र लघुवित्त समूहहरुको सबइन्डेक्स भने घटेको छ । कारोबार रकमका आधारमा बुधबार नेपाल इन्फ्रास्ट्रचर बैंक पहिलो नम्बरमा देखिएको छ । यसको ६९ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।
नविल, ग्लोबल आइएमई र नेपाल बैंक कारोबार रकमका आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो नम्बरमा छन् । तीन वटै बैंक मध्ये नविलको कारोबार रकम ४१ करोड रुपैयाँ माथि छ भने ग्लोबल आइएमईको ३६ करोड रुपैयाँ र नेपाल बैंकको ३५ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।
कारोबार रकम भने ८ अर्ब रुपैयाँमै रोकिएको छ । मंगलबार १० अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा बुधबार त्यो घटेर ८ अर्ब ३ करोड ५५ लाख रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ फागुन २०७७, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार