काठमाडौं । साताको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार ३६ अंक धेरैले बढेको छ । प्रिओपन सेसनमा करिब ३० अंक भन्दा धेरैले बढेको नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै उचालिएको हो ।
लगानीकर्ताहरु धेरै लघुवित्त कम्पनीहरुको सेयर किन्न बसेका छन् । फरवार्ड माइक्रोफाइनान्स लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । पछिल्लो समय लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरु यता आकर्षित भएका हुन् ।
आइतबार सेयर बजारमा नयाँ रेकर्ड नै कामय भएको थियो । सोमबार पनि यहिँ अनुपातमा बढ्ने हो भने नयाँ किर्तिमान कायम हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०७७, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार
६२ अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार