काठमाडौं । साताको दोस्रो दिन सोमबार कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार ३६ अंक धेरैले बढेको छ । प्रिओपन सेसनमा करिब ३० अंक भन्दा धेरैले बढेको नेप्से परिसूचक कारोबार खुलेको ५ मिनेटमा नै उचालिएको हो ।
लगानीकर्ताहरु धेरै लघुवित्त कम्पनीहरुको सेयर किन्न बसेका छन् । फरवार्ड माइक्रोफाइनान्स लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । पछिल्लो समय लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरु यता आकर्षित भएका हुन् ।
आइतबार सेयर बजारमा नयाँ रेकर्ड नै कामय भएको थियो । सोमबार पनि यहिँ अनुपातमा बढ्ने हो भने नयाँ किर्तिमान कायम हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०७७, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो