काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव प्रवेश गरेका छन् । उनलाई प्रधानमन्त्री ओलील मंगलबार पार्टीमा स्वागत गरेका छन् ।
जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उनीसँग गएको यादवले बताएका छन् । ‘ुमुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो । मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु। म पहिला पनि एमालेमै थिएँ,’ यादवले भने।
महोत्तरीका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद थिए। २०६३ को मधेस आन्दोलनपछि उनी मधेसी जन अधिकार फोरममा आवद्ध भएका हुन् । एमालेमा रहँदा उनी वुद्धिजिवी र प्रवास कमिटीमा थिए। उनलाई पार्टीमा प्रवेश गराउने ओली निकट केही नेता पहिले देखि नै वार्तारत थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०७७, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा