काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव प्रवेश गरेका छन् । उनलाई प्रधानमन्त्री ओलील मंगलबार पार्टीमा स्वागत गरेका छन् ।
जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उनीसँग गएको यादवले बताएका छन् । ‘ुमुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो । मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु। म पहिला पनि एमालेमै थिएँ,’ यादवले भने।
महोत्तरीका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद थिए। २०६३ को मधेस आन्दोलनपछि उनी मधेसी जन अधिकार फोरममा आवद्ध भएका हुन् । एमालेमा रहँदा उनी वुद्धिजिवी र प्रवास कमिटीमा थिए। उनलाई पार्टीमा प्रवेश गराउने ओली निकट केही नेता पहिले देखि नै वार्तारत थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०७७, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै