सेनाको बख्तरबन्द गाडीले मध्य रात लगाए उपत्यका चत्रपथको फन्को

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, ०९ : २६
सेनाको बख्तरबन्द गाडीले मध्य रात लगाए उपत्यका चत्रपथको फन्को

काठमाडौं । नेपाली सेनाले गए राति बख्तरबन्द गाडीसहित काठमाडौं उपत्यकाको चक्रपथ फन्को मारेको छ । राति १० बजे सीतापाइलाबाट निस्केको सैनिक बख्तरबन्द गाडी कलंकी सातदोबाटो, चाबहिल हुँदै २७ किलोमिटर घुमेको थियो ।

नियमित अभ्यासबाहेक बख्तरबन्द गाडी सुरक्षा जोखिम उच्च भएको बेला सेनाले सडकमा निकाल्ने गर्छ, जुन सुरक्षा रणनीति अन्तर्गत पर्छ । नेपाली सेनाका कार्यवाहक प्रवक्ता महासेनानी पदम बुढाले यो अभ्यास भने संगठनको नियमित तालिका अन्तर्गत भएको बताए । 

२१ माघमा पनि सेनाले ७ वटै प्रदेश र उपत्यका पृतना अन्र्तगतका मेकानाइज्ड युनिटबाट यस्तो अभ्यास गर्नेछ । उक्त दिन सेनाले सीतापाइलाबाट काभ्रेको पाँचखालसम्म यो अभ्यास गर्ने कार्यक्रम छ । काठमाडौंबाट बिहान ५ बजे पाँचखाल पुगेर राति ८ बजे त्यहाँबाट हिँड्नेछ ।

प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक घटनाक्रमका बीच यस्तो अभ्यास हुनुलाई भने धेरैले सरकारको राजनीतिक सन्देशका रूपमा समेत अर्थ्याएका छन् ।