बैतडी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले बताए ।
उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ । यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको पनि उनले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०७७, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते