काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवाली र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवनका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुुरपालन, माछापालन तथा विभिन्न तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०७७, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको ‘एआई एमएल ह्याकाथन’ सुरु, १४ टोली प्रतिस्पर्धामा
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा
ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमापूर्व सचिव बिन्द्रा हाडा भट्टराई नियुक्त
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा