सोलुखुम्बु । टिप्पर दुर्घटना हुँदा सोलुखुम्बुमा ३ जनाको मृत्यु भएको छ । सोलुखोला दूधकोशी हाइड्रोपावरमा सामान ओसारपसार गर्ने टिप्पर आइतबार राति दुर्घटनामा परेको हो । घटनामा १ जना घाइते भएका छन् ।
आइतबार राती करिब साढे ११ बजे सोलुदूधकुण्ड नगरपालिका–११ बरडाँडा गिद्धेभीरमा बा ४ ख ७९८० नम्बरको टिप्पर दुर्घटना भएको हो । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका रामकुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । चालक मगरको ठेगाना खुलेको छैन् ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्घटनामा टिप्पर चालक धादिङको थाक्रे गाउँपालिकाका कमल मगर, मकवानपुरको बागमती गाउँपालिकाका राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिकाका कृष्णलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरका रमेश मगर घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०७७, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते