काठमाडौं । पछिल्लो दुई दिन घटेको सुनको मूल्य मंगलबार फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ३०० र सोमबार ९२ हजार २०० रुपैयाँ रहेको थियो । यस्तै शुक्रबार तोलामा ९५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य तोलामा ११ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सरकारसँग ६ बुँदे सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी
निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?