काठमाडौं । नेकपाका अध्यक्षद्दय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल आज गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न पोखरा जाँदैछन् । प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय अनुसार नै प्रचण्ड नेपाल पोखरामा जान लागेका हुन् ।
अध्यक्षद्दयसँगै पार्टी प्रवक्ता समेत रहेका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ पनि पोखरा जादैछन् । पोखरा ११ शित्तलादेवीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे देखि कार्यकर्ता भेला शुरु हुनेछ । नेकपाको कास्की जिल्ला अध्यक्ष राजकाजी गुरुङले भेलामा अध्यक्षद्दयले सम्बोधन गर्ने जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीले असम्वैधनिक, अलोकतान्त्रिक, निरकुश शैलीमा प्रतिनिधीसभा विघटन गर्ने निर्णय गरेपछि ओलीको प्रतिगमन विरुद्ध प्रचण्ड नेपाल समुह आन्दोलनमा छ । दोश्रो चरणको संर्घषका कार्यक्रम अन्तर्गत नै प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय यो पक्षले गरेको थियो । सोही संर्घषका कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशका पार्टी कार्यकर्तालाई सम्बोधन गर्न प्रचण्ड नेपाल आज पोखरा जान लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार