काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्विस महासङ्घका राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा गी पार्मेलिनलाई बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना स्विस समकक्षीलाई आज सन्देश पठाएर उहाँप्रति बधाई ज्ञापन गर्नुभएको हो ।
सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताउँदै नेपालको विकास प्रयासमा स्विट्जरल्याण्डबाट प्राप्त सहयोगको सराहना गर्नुभएको छ ।
उहाँले आगामी दिनमा स्विस राष्ट्रपतिसँग निकट सम्पर्कमा रहेर साझा चासोका विषयमा सहकार्य गर्ने इच्छा पनि सन्देशमा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २३ पुस २०७७, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
वाम एकताको सन्देशसहित चीनबाट स्वदेश फर्किदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
चीनपछि भारत भ्रमणको तयारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी