काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
धनगढीमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्नुहुँदै सो पार्टीका प्रदेश संयोजकसमेत रहनुभएका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब जनताको बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोल्नुभएको थियो ।
बैठकले नेकपा दाहाल– नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उहाँहरुलाई पदबाट हटाउन सिफारिश गर्नेलगायत निर्णय गरेको प्रदेश अध्यक्ष थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २२ पुस २०७७, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेखराज भट्ट देखि रघुवीर महासेठसम्मका घर एमाले कार्यकर्ताले नै जलाएको पुष्टि
लेखराज भट्टको जिकिर : ‘ओलीले महाकालीबाट मेची किनार देख्नु हुन्छ’