काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर एक भएर जानुपर्ने बताएका छन् ।
उपमहासचिवमा विजयी भएपछि पहिलो पटक गृहजिल्ला कैलाली पुगेका भट्टले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गणतन्त्र पक्षधर एक भएर जानुपर्नेमा एमालेको जोड रहेको बताएका हुन् ।
‘सकेसम्म गणतन्त्र पक्षधरहरूले संविधानको रक्षाका लागि मिल्नुपर्छ भन्नेमा एमालेको जोड छ,’ उनले भने । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस, एमाले र नेकपा मिलेर चुनाव लड्ने सम्भावना पनि रहेको भट्टले बताए ।
भट्टले भने, ‘राजनीति हो, सम्भावनालाई नकार्न सक्दैन । नेतृत्वको बीचमा छलफल भइरहेको छ । सम्पर्क गाढा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०८२, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा काँग्रेस, एमाले र नेकपा मिलेर जाने विषयमा छलफल भइरहेको छ: लेखराज भट्ट
लेखराज भट्ट देखि रघुवीर महासेठसम्मका घर एमाले कार्यकर्ताले नै जलाएको पुष्टि
लेखराज भट्टको जिकिर : ‘ओलीले महाकालीबाट मेची किनार देख्नु हुन्छ’