काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस मसान्तसम्म खरिदारको सरुवामा रोक लगाएपनि केही कर्मचारीले पुरानो मिति ब्याक डेट राखेर सरुवा गर्न दबाब दिएका छन् ।
लामो समय सुगममा बसेका खरिदारका लागि कर्मचारी लोकसेवाले बढुवा गर्ने सूचना गर्ने केही दिनअघि दुर्गममा सरुवा भएर बढुवा हुने प्रवृत्ति मौलाएको छ ।
यसलाई निरुत्साहित गर्न मन्त्रालयले केही दिनअघि खरिदारको सरुवा रोकेको थियो । ‘केही कर्मचारीले सोर्स लगाएर पुरानो मितिमा सरुवा गर्न दबाब दिइरहेका छन् ।’, सामान्यका एक अधिकारीले भने, ‘ठूलो दबाब आएपनि पुरानो मिति राखेर काम गरे भविष्यमा फस्न सकिने डरले काम गर्न सकेको छैन ।’ नागरिक दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २२ पुस २०७७, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ प्रजिअसहित १८ सहसचिवहरूको सरुवा तथा पदस्थापन (सूचीसहित)
११ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)
६ जना सहसचिवको सरुवा
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा