काठमाडौँ । कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–२ रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नं कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले निज धामीलाई पक्राउ गरेको बताइएको छ । धामीलाई आजै लागुऔषध शीर्षक मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ पुस २०७७, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ