काठमाडौं । भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार सोमबार साँझ घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ। 'भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छु, उनले भने, 'भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ । विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ।'
घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याइएको छ। साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ। गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २१ पुस २०७७, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार
सप्तरीमा प्रहरीले गोली चलायो, एक जनाको मृत्यु
न्युयोर्कमा अन्धाधुन्द गोली प्रहार, १ जनाको मृत्यु
पाकिस्तानमा बसबाट ओरालेर ९ जना पन्जाबका यात्रुलाई गोली हानियो
टोखामा गोली चल्यो, दुई लागु औषध कारोबारी घाइते
अमेरिकामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका ४ नेपाली