काठमाडौँ । कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पिसिआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । उनीहरुको विषयमा अहिले महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पिसिआर रिपोर्ट नक्कली भएको आशङ्कामा विमानस्थल प्रहरीले उनीहरुलाई रोकी अनुसन्धानका लागि गाँशाला पठाएको थियो । पछि परीक्षण गर्दा पिसिआर रिपोर्ट नक्कली भएको पाइएको विष्टले जानकारी दिनुभयो । उनीहरु फ्लाई दुबईको उडानबाट विदेश जान लागेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १९ पुस २०७७, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ