काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई संसदीय दल सदस्यबाट निलम्बन गरेका छन् ।
नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड नेपाल पक्षका उपेन्द्र घिमिरेलाई संसदीय दलको गतिविधिबाट बञ्चित गरिएको जनाइएको छ ।
मुख्यमन्त्री राई निकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरिएको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् । राईले बिहीबार प्रचण्ड नेपाल समूहका १५ सांसदलाई निलम्बन गरेका थिए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ पुस २०७७, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा