लिभरपुलसँग म्यानचेस्टर युनाइटेड अंक बराबरी गर्न सफल

एजेन्सी

शनिबार, १८ पुस २०७७, ०८ : २१
लिभरपुलसँग म्यानचेस्टर युनाइटेड अंक बराबरी गर्न सफल

एजेन्सी । म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि २–१ को जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन ४० औँ मिनेटमा एन्थोनी मार्शल र ६१ औ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरेका हुन् । एस्टन भिल्लाका लागि ५८ औँ मिनेटमा बेर्ट्रान्ड ट्राओरीले एक गोल फर्काएका हुन् ।

जितपछि दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको पनि समान खेलबाट समान १६ अंक नै भएको छ । शुक्रबार राति नै भएको अर्को खेलमा वेष्ट ह्याम युनाइेटडले एभर्टनमाथि १–० को जित दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस