काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था राप्रपाको मात्र नभई अब आम नेपालीको एजेण्डा बनिसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सभामा अध्यक्ष थापाले सडकबाट हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापित गर्ने चेतावनीसमेत दिए । कसैले चाहे पनि नचाहे पनि घरघरमा राजसंस्थाबारे बहस हुन थालेको बनाउँदै अध्यक्ष थापाले भने, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आएका छौँ ।’ उनले आवश्यक पर्यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएको बताउँदै भने, ‘टाउकोमा कफन बाँधेर आएका छौं । परिआए जे पनि गर्न सक्छौँ ।’
संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भएको भन्दै उनले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बताए । राजसंस्था नहुँदा देश अभिभावकबिहीन भएको उनको भनाइ थियो ।
‘केही दिन अगाडि मात्र नेकपाको घर झगडा मिलाउन उत्तरबाट हवाइजहाज चार्टर गरेर केही मानिसहरु आएका थिए, कहिले दक्षिणबाट कहिले उत्तरबाट आउँछन्’ थापाले भने, ‘विदशीको चलखेल तीव्र रुपमा बढेको छ । नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौािकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको अध्यक्ष थापाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ पुस २०७७, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा