काठमाडौँ – एक वर्ष अगाडी मात्रै विहे गरेकी रुकुम पश्चिमकी डल्ली बुढाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
आइतबार अपरान्ह धारिलो हत्या गरेर बुढाले श्रीमानको हत्या गरेकी हुन् । हत्यापछि ५० वर्षीया डल्ली बुढा आफै प्रहरी कार्यालय पुगेकी थिइन् ।खुकुरी र चक्कु प्रहार गरेर उनले ३९ वर्षीय चित्रबहादुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमका प्रवक्ता कपिल शाहीले हत्यापछि बुढा आफै प्रहरी कार्यालयमा पुगेको बताइन्। ती महिला चक्कुसहित पुगेपछि तत्कालै अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।
मृतक थापाको शरीरमा करिब डेढ दर्जन ठाउँमा चोट थियो। बुढाले श्रीमानले आफुलाई कुटपिट गरेपछि रिसको झोकमा हत्या गरेको प्रारम्भिक बयान दिएकी छन्। बुढा र थापाबीच एक वर्षअघि मात्र विवाह भएको थियो।
दुवैको दोस्रो विवाह हो। बुढासँग थापाको अनैतिक सम्बन्ध थाहा पाएपछि एक वर्षअघि गाउँलेले बुढालाई थापाको जिम्मा लगाएका थिए। तीन वर्षअघि थापाकी पहिलो श्रीमती उनीसँग छोराछोरी लिएर अलग्गिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ पुस २०७७, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण