काठमाडौँ – एक वर्ष अगाडी मात्रै विहे गरेकी रुकुम पश्चिमकी डल्ली बुढाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
आइतबार अपरान्ह धारिलो हत्या गरेर बुढाले श्रीमानको हत्या गरेकी हुन् । हत्यापछि ५० वर्षीया डल्ली बुढा आफै प्रहरी कार्यालय पुगेकी थिइन् ।खुकुरी र चक्कु प्रहार गरेर उनले ३९ वर्षीय चित्रबहादुर थापाको हत्या गरेको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमका प्रवक्ता कपिल शाहीले हत्यापछि बुढा आफै प्रहरी कार्यालयमा पुगेको बताइन्। ती महिला चक्कुसहित पुगेपछि तत्कालै अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।
मृतक थापाको शरीरमा करिब डेढ दर्जन ठाउँमा चोट थियो। बुढाले श्रीमानले आफुलाई कुटपिट गरेपछि रिसको झोकमा हत्या गरेको प्रारम्भिक बयान दिएकी छन्। बुढा र थापाबीच एक वर्षअघि मात्र विवाह भएको थियो।
दुवैको दोस्रो विवाह हो। बुढासँग थापाको अनैतिक सम्बन्ध थाहा पाएपछि एक वर्षअघि गाउँलेले बुढालाई थापाको जिम्मा लगाएका थिए। तीन वर्षअघि थापाकी पहिलो श्रीमती उनीसँग छोराछोरी लिएर अलग्गिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ पुस २०७७, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या