मोरङ । अटोमा गाँजा राखेर भारततर्फ लैजाने क्रममा २० किलोग्राम गाँजासहित एकजना पक्राउ परेका छन् । मोरङको जहदाँ गाउँपालिकाबाट भारततर्फ लैजाँदै गरेको सुनसरी बराहक्षेत्र नगरपालिका ७ गणेश राई पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार अटोमा गाँजा राखेर भारततर्फ लैजाने क्रममा को २ ह ४२४१ नम्बरको अटोको सिटमा फल्स बटन बनाएर लागुपदार्थ सहित अटो चालक ३१ वर्षीय राई पक्राउ परेका हुन् ।
सशस्त्र प्रमुख पौडेलका अनुसार शंकास्पद रुपमा सडकमा गुडिरहेको अटो नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।
चालक राई गाँजा ओसारपोसारमा संलग्न रहँदै आएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ पुस २०७७, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा तीन जना पक्राउ
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति
नौ सय ५५ केजी गाँजासहित दुई जना पक्राउ
विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ