मोरङ । अटोमा गाँजा राखेर भारततर्फ लैजाने क्रममा २० किलोग्राम गाँजासहित एकजना पक्राउ परेका छन् । मोरङको जहदाँ गाउँपालिकाबाट भारततर्फ लैजाँदै गरेको सुनसरी बराहक्षेत्र नगरपालिका ७ गणेश राई पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार अटोमा गाँजा राखेर भारततर्फ लैजाने क्रममा को २ ह ४२४१ नम्बरको अटोको सिटमा फल्स बटन बनाएर लागुपदार्थ सहित अटो चालक ३१ वर्षीय राई पक्राउ परेका हुन् ।
सशस्त्र प्रमुख पौडेलका अनुसार शंकास्पद रुपमा सडकमा गुडिरहेको अटो नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।
चालक राई गाँजा ओसारपोसारमा संलग्न रहँदै आएको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ पुस २०७७, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ