काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हठात् असम्वैधानिक रुपमा संसद विघटन गरेपछि देशको माहोल आन्दोलनमय छ । नेकपाकै प्रचण्ड माधव नेपाल पक्षले भोलि १४ गते देशभर हजारौंको संख्यामा विरोध प्रर्दशन गर्ने तयारी गरिरहेको छ ।
यसको तयारीमा नेताहरु जुटिरहेका छन् । जसपाले हिजो काठमाडौं लगायतका स्थानमा प्रर्दशन गरेको थियो । यो दबाब काँग्रेसभित्र पनि छ । काँग्रेसको रामचन्दै पौडेल पक्ष प्रतिनधिीसभा पूर्नस्थापना हुनुपर्ने भन्दै प्रष्ट ओलीको कदमको विरोधमा छ । तर सभापति देउवा पनि आन्दोलनको पक्षमा आएपनि उनी कुनै न कुनै रुपमा निर्वाचनमा जान पाए कम्युनिष्ट विभाजनको लाभ लिन सकिन्छ की भन्ने मात्र दाउमा देखिएका छन् ।
आफुलाई लोकतन्त्रको खम्बा भन्दै आएको काँग्रेसले आफ्नो स्वार्थलाई ध्यान दिएर लोकतान्त्रिक मूल्य मान्यता, असम्वैधानिक कदमलाई स्वीकार गर्न नुहने जनमत बाक्लो छ । यही बीच काँग्रेसले आज ओलीको संसद विघटनको विरोधमा एकसाथ देशभर प्रर्दशन गर्न लागेको छ ।
१६५ वटै निर्वाचन क्षेत्रमा आज काँग्रेसले प्रदर्शन गर्न लागेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । काँग्रेसले केन्द्रीय समिति बैठक स्थगित गरेर सरकार विरुद्ध विरोधको कार्यक्रम ल्याएको हो ।
कांग्रेसले हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा आयोजना गर्ने र ओलीको प्रतिगमनका विरुद्ध खबरदारी गर्ने जनाएको छ । काँग्रेसले आजको प्रर्दशनमा सबैभन्दा बढी काठमाडौंमा नै प्रर्दशन र सभा केन्द्रीत गर्न खोजेको छ । उपत्यकाका १५ स्थानमा विशाल प्रदर्शनपछि सम्बोधन कार्यक्रम रहने प्रवक्ता शर्माले वताए । धेरैजसो नेताहरुले आफ्नै निर्वाचन क्षेत्रमा संम्बोधन गर्दा केही नेताहरुले भने विभिन्न स्थान रोजेका छन् ।
शीर्ष नेताहरु सबैले आफ्नो निर्वाचन क्षेत्रमा संम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘सबै नेताहरुले आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा जाने भन्ने निर्णय भएको हो । कार्यव्यस्तताले सभापति देउवा डडेलधुरा जान सक्नुभएन । उहाँले भक्तपुरमा संम्बोधन गर्दै हुनुहुन्छ । अन्य नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा जानु भयो होला ।’ मुख्यसचिव पौडेलले सफलखबरसँग भने ।
कसले कहाँ गर्दैछन् सम्बोधन ?
सभापति शेरबहादुर देउवा – भक्तपुरको मध्यपुर थिमी
वरिष्ठ नेता रामचन्द्र पौडेल– तनहुँ
महामन्त्री डा. शशांक कोइराला– नवलपुर
पूर्व महामन्त्री प्रकाशमान सिंह –काठमाडौं, नयाँ बानेश्वर
प्रवक्ता विश्वप्रकाश शर्मा – काठमाडौं, कोटेश्वर
केन्द्रीय सदस्य नवीन्द्रराज जोशी – काठमाडौं, बसन्तपुर
केन्द्रीय सदस्य गगन थापा– नेपालगञ्ज
अन्य नेताहरुले आ आफनो निर्वाचन क्षेत्रमा पुगेर सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ पुस २०७७, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै